अर्घाखाँची, कार्तिक १३ -
हंसपुरको बामरुकमा भएको घटनामा एमालेले सुनियोजित रुपमा षडयन्त्र गरी आफना नेता तथा कार्याकर्तामाथि सांघातिक आक्रमण गरी गंभिर घाईते बनाएको एमाओवादीले आरोप लगाएको छ ।
दशैंको नवमीको दिन मोटरसाईकलको विषयमा भएको विवादले उग्ररुप लिई झडपमा परिणत हुँदा एमाओवादीका दुई जिल्ला स्तरीय नेता सहित २० जना कार्यकर्ता घाईते भएका थिए । दुई साता अघि हंसपुर प्रहरी चौकीका प्रहरी जवानले माओवादी जिल्ला सदस्य उदय थापाको मोटरसाईकल लिएर सदरमुकाममा तलव बुझ्न आएको बेला बामरुककी रिता रेग्मीलाई लिएर घरसम्म पर्याएपछि घरभित्र पसेर बस्दा रेग्मीका जेठाजु लगायतका गाउँलेले शंका गरी मोटरसाईकल नियन्त्रणमा लिएका थिए । उक्त मोटरसाईकल लिन र विवाद मिलाउन दशैंको नवमीको दिन एमाओवादी महाधिवेशन आयोजक समितिका सदस्य चन्द्र बहादुर खड्काको नेतृत्वमा नेताहरु बामरुक पुगेका थिए ।
एमाओवादीले पत्रकार सम्मेलन गरी पार्टीको जिम्मेवार नेता आए मोटरसाईकल दिन्छौं भनि बोलाएर छलफल पछि हिडने बेलामा पछाडीबाट सुनियोजित रुपमा खुकुरी प्रहार गरी अन्धधुन्ध आक्रमण गरेको भन्दै खेद व्यक्त गरेको छ । खड्कालाई दुर्व्यवहार भएको र गंभिर घाईते मगरात राज्य समिति सदस्यद्धय पदम क्षेत्रीको काठमाडौंमा उपचार भैरहेको र तोजबहादुर रायमाझीको हात भाँचिएको बताइएको छ । साथै २० जना कार्यकर्ता घाईते भएको गुल्मी अर्घाखाँची ईन्चार्ज दिनेश पंथीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रायमाझीको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र अन्यको जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन् । घटनामा संलग्नतालाई कानुनी कारवाही गर्न माग गरेको छ । ईन्चार्ज पन्थीले घटनाप्रति आफुहरु जिम्मेवार भएको र प्रतिशोध भन्दा छलफलबाट समाधान गर्न चाहेको बताए ।
बामरुकमै घर भएका एमाले जिल्ला सचिव दलबहादुर भटराईको नेतृत्वमा षडयन्त्रमूलक ढंगबाट सांघातिक आक्रमण भएको एमाओवादीको आरोप छ । विवाद मिलाउन गएका नेता खड्काले हिड्ने बेलामा एक्कासी आक्रमण गरेको बताएका छन् ।
उनले हात ठाडो गराएर आत्मसमपर्ण गर्दा समेत अंगभंग हुने गरी संघातिक आक्रमण गरिएको दावी गरे । एमाले जिल्ला सचिव भटराईको नेतृत्वमा सुनियाजित रुपमा आक्रमण भएको हो । आक्रमण पछि घाईते भएकालाई समेत उपचारको लागि लिन नदिई खाट तेर्साएर अवरोध गरेको उनले बताए ।
एमालेले एमाओवादीको आरोपको प्रतिवाद गरेको छ । एमाले अध्यक्ष रामजीप्रसाद घिमिरेले एमाओवादीको लगाएको आरोपको खण्डन गर्दै सत्यलाई ढाकछोप गरी राजनीति गर्न खोजेको बताए । एमाओवादीका नेताले जनतालाई उल्टै कुटपिट गरेको र भिडन्त हुने स्थिति निम्त्याएकाले जनताले प्रतिकार गरेको बताउँदै एमालेको योजना नभएको घिमिरेले बताए ।
माओवादीले द्धन्द्धको दम्भ देखाएर कानुन हातमा लिन खोजेकाले जनतासँग गएर एमाओवादीका नेताले माफी माग्नुपर्ने बताए । उनले डिएसपीले दसैपछि मोटरसाईकल निकालिदिने नभए आफै किनेर दिने भन्दाभन्दै एमाओवादीले गएर जबरजस्ती गरेको बताए । स्थानीय शान्ति समितिका संयोजक समेत रहेका घिमिरेले आईतवार सर्वदलीय बैठकमा घटनाबारे छलफल गरी सामान्यकरण गर्न खोज्दा विषयमा प्रवेश गर्न एमाओवादी नचाहेको बताउँदै घटना घटनु दुःखद भएकाले टेबुलमा बसेर छलफल गरी समस्याको समाधा गर्ने बताए ।
आरोप लागेको एमाले जिल्ला सचिव दलबहादुर भटराईले भिडन्त भएपछि आफुले थाहा पाएको र पछि घटनालाई साम्य पार्न लगोको बताए । उनले आफुमाथि लागेको आरोप खण्डन गर्दै भने ुम नभएको भए ठुलो घटना हुने थियो मैले बचाएको हुँ ।'
प्रहरी नायव उपरीक्षक हरि बहादुर पाण्डेले आफुले एमाओवादीका नेतालाई टेलिफोन गरी केही दिनपछि मोटरसाईकल निकाल्ने भनेको बताए । उनले घटनाबारे थप छानविन भैरहेको पनि बताए । स्थानीय गाउँलेले दसैको नवमीको दिन घटना भएपछि त्रासका कारण टीकाको दिन ओडारमा रात बिताएको बताएका छन ।
प्रकाशित मिति: २०६९ कार्तिक १३ ०७:००

Source-ekantipur
No comments:
Post a Comment