प्याकेजमै सहमति हुनुपर्ने प्रस्ताव
१३ कात्तिक, काठमाण्डौ । तीन अघि जारी भएको आंशिक बजेट यही कात्तिक मसान्तमा सकिने भएपछि सरकार तिहारअघि नै पूर्ण बजेट ल्याउने तयारीमा जुटेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ माओवादी र मधेसी मोर्चाको वैठकले तिहारअघि नै पूर्ण बजेट ल्याउने गरि तयारी थाल्ने निर्णय गरेको हो ।
करिव
१५ दिनपछि मुलुक बजेटबिहीन हुने र दैनिक कार्यसंचालनसमेत प्रभावित हुने
भन्दै सरकारले तिहारअघि नै पूर्ण बजेट ल्याउने निर्णय गरेको वैठकमा सहभागी
मधेसी मोर्चाका नेता महन्थ ठाकुरले जानकारी दिनुभयो । पूर्ण बजेटका लागि
अन्य दलसँगसमेत छलफल गर्ने सरकारी गठवन्धनले निर्णय गरेको छ ।बिपक्षी दलहरुले भने कामचलाउ सरकार पूर्ण बजेट ल्याउन नसक्ने भएकाले सहमतिको नयाँ सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । वैठकमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले र राष्ट्रपतिसँगको छलफलमा अघि सारेको प्रस्तावबारे पनि छलफल भएको बताइएको छ । दलहरुवीच छलफल गरि प्याकेजमै सहमति गर्नुपर्ने गठवन्धनका नेताहरुले बताएका छन् ।
Source-onlinekhabar
No comments:
Post a Comment