लेगुवाघाट (भोजपुर), आश्विन ५ -
सदरमुकाम भोजपुर मोटर बाटोले एक वर्षभित्रै जोडिने भएको छ । धनकुटा र
भोजपुरको सीमामा पर्ने अरुण नदीमा डीएफआईडी/यूके एडको सहयोगमा पुल निर्माण
सुरु भएको छ । पुल बनेपछि भोजपुर र खोटाङका बासिन्दाले वर्षैभरि यातायात
सुविधा पाउने छन् । डीएफआईडीको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम
-र्याप) ले बनाउन थालेको पुल आगामी वर्षको जुलाईसम्ममा सक्ने लक्ष्य
लिइएको आवासीय इन्जिनियर महेन्द्र श्रेष्ठले
जानकारी दिए । अरुणमा पुल नहुँदा धनकुटाको पाखि्रबास हुँदै लेगुवाघाट पुगेका भोजपुरका बासिन्दा झोलुंगे पुल तरेर गन्तव्यमा लाग्छन् । तराईबाट लगिने खाद्यान्नलगायतका सामग्री भरियालाई बोकाएर लैजानुपर्दा निकै महँगो परेको जरायोटार ९ की शिक्षिका रत्ना थापाले बताइन् । झोलुंगे पुल हुँदै सामान भरियालाई गन्तव्यमा पुर्याउँदा प्रतिकिलो दुई रुपैयाँभन्दा बढी मूल्य बढ्छ । पुल बनेपछि सामान निकै सस्तिने अपेक्षा गरेका छौं, उनले भनिन्, 'भोजपुर र खोटाङको आर्थिक गतिविधिसमेत निकै बढ्ने निश्चित छ ।'
लेगुवाघाटमा सडक विभागले हिउँदमा यात्रु र सवारी साधन तार्न फेरीको व्यवस्था गरेको छ । वषर्ाले अरुण नदीमा पानीको बहाव बढेकाले यतिबेला भने यसको सञ्चालन बन्द गरिएको छ । विभागले दसैंका बेला नदीमा पानी घटेपछि फेरी सुचारु गर्ने स्थानीय बासिन्दाले बताए । पुल नहुँदा धनकुटातिरबाट आउने सवारी साधन अरुण किनारबाटै र्फकने गरेका छन् । यात्रु झोलुंगे पुल तरेर पारि पुगेपछि ट्याक्टर, ट्रक र जिपमा गन्तव्यतिर लाग्ने गरेका छन् । अरुणको झोलुंगे पुल तरेर दैनिक ४ सय ओहोरदोहोर गर्ने इन्जिनियर श्रेष्ठले बताए । लेगुवाघाटबाट धनकुटा २६ किलोमिटर यात्रापछि पुगिन्छ । यस खण्डको पाखि्रबासभन्दा केही तलसम्म सडक पिच छ । लेगुवाघाटबाट- भोजपुर-खोटाङ जोड्ने सडकसमेत र्यापकै पहिलो चरणको परियोजनाले बनाइसकेको छ । र्यापले अरुणसँगै संखुवासभाको सभाखोलामा पनि पुल बनाउँदै छ । समान लम्बाइ र डिजाइनका ती पुल मुलुककै नमुना भएको र्यापको दाबी छ । बीचमा पिल्लर नभएका -सिंगल स्पान) ती पुल १ सय २० मिटर लम्बाइका छन् । पुल बनाउन आवश्यक बिमलगायत स्टिल फेबि्रकेसनका सामग्री बेलायतबाटै ल्याइएको छ । पुललाई वातावरणमैत्री बनाउन नदीमा पिल्लर नराखिएको र्यापका एक इन्जिनियरले बताए । दुवै पुलको लागत करिब ५० लाख पाउन्ड अनुमान गरिएको छ । र्यापले पुल डिजाइन एन्ड विल्ड -आफैं डिजाइन गरेर बनाउने) अवधारणाअनुसार ठेकेदारलाई जिम्मा दिएको हो । पुल ठेक्काको काम सीटीसी कालिका ज्वाइन्टभेन्चरले लिएको छ । ठेकेदार कम्पनीका परियोजना प्रबन्धक उज्ज्वल प्रसाईंले साइटसम्म पुग्ने बाटो राम्रो नभएको र डिजाइनभन्दा माटोको अवस्था फरक भएकाले पुल लक्षित समयभन्दा निर्माणमा केही ढिलाइ भएको बताए । अर्को वषर्ातसम्ममा भोजपुर क्षेत्रका बासिन्दाले अरुण नदी तर्न समस्या भोग्नुपर्ने छैन, उनले भने, 'लक्षित समयमै निर्माण सक्ने गरी काम अगाडि बढाएका छौं ।'

source-ekantipur

No comments:
Post a Comment