म्याग्दी । म्याग्दीबाट रोजगारको सिलसिलामा विभिन्न देशमा गएकाले दसैँमा करिब रु ७० करोड रकम घरमा पठाएका छन् ।
जिल्लामा रेमिट्यान्सको कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सो परिमाणमा रेमिट्यान्स जिल्लामा भित्रिएको हो ।
यस अवधिमा निलगिरि विकास बंैकले तीन हजार ५०० कारोबारबाट रु १५ करोड भुक्तानी गरेको जनाएको छ ।
यसबाहेक जिल्लामा रेमिट्यान्सको कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, काष्ठमण्डप बैंक, बैंक अफ काठमान्डू, ग्लोवल आइएइ बैंक, सिटिजन्स बैंक इन्टरनेसनललगायत विभिन्न सहकारी संस्थाहरूले पनि कारोवार गरेका छन् ।
दसैँमा भित्रिएको रेमिस्ट्यान्सको करिब ३० प्रतिशतमात्र बैंकमा फिर्ता हुने माछापुच्छे« बैंक म्याग्दी शाखा प्रवन्धक सरोज पोख्रेलले बताउनुभयो ।
यो क्रम तिहारसम्म रहने भए पनि दसैँको तुलनामा कम भुक्तानी हुने बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टङ्क हमालले बताउनुभयो । म्याग्दीको प्रमुख आयस्रोत मानिने रेमिट्यान्स वार्षिक करिब रु चार अर्ब हाराहारीमा भित्रिने गर्दछ ।

No comments:
Post a Comment