Monday, October 29, 2012

लेकसाइडको ओजन नाइट क्लबमा झडप

  • एक युवक घाइते

  • ४० युवालाई प्रहरी नियन्त्रणमा लिएपछि छाडियो

     

    कास्की, कार्तिक १२ - पोखराको लेकसाइडको एक डिस्को क्लबमा युवा समूहबीच झडप हुँदा एक युवा घाइते भएका छन् ।
    लेकसाइडको ओजन नाइट क्लबमा शनिबार राति भएको डान्सपार्टीमा भएको झडपमा पोखरा, ६ डिहीकोपाटनका २० वर्षीय योगेश गुरुङ घाइते भएका हुन् । गुरुङको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । डान्सपार्टीको माहोल जमिरहेका बेला एकले अर्कोलाई छोइएपछि दुई युवा समूहबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो । क्लबका सुरक्षागार्डले समेत झगडा नियन्त्रण गर्न सकेका थिएनन् । डान्सपार्टीमा मनोरञ्जन लिन आएका युवतीहरू घटनापछि निकै त्रसित बनेर भागेका थिए ।
    युवा समूहबीच केही बेर चलेको झगडा बीच वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली पुगेपछि युवाहरू भागभाग गरेका थिए ।
    प्रहरीले घटनामा संलग्न भएको भन्दै ४० युवालाई नियन्त्रणमा लिएको थियो । घाईते गुरुङलाई आक्रमण गर्ने कोही नभएपछि उनीहरूलाई राति नै छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक झपेन्द्र भट्टराईले जानकारी दिए ।

      Source-ekantipur

     

No comments:

Post a Comment